बर्दिया- बर्दियामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर्षीय विकास थारूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बानियाभरका प्रमुख प्रहरी निरीक्षक मणि श्रेष्ठले बताए ”कक्षा ५ मा पढ्ने ती बालिकालाई विकासले शुक्रबार राति १२ बजेतिर फकाएर नजिकै खेतमा लगेर बलात्कार गरेको ।”
परिवारका सबै सदस्य बिहेमा व्यस्त हुँदा विकासले बालिकालाई बलात्कार गरेको प्रहरीले बताए । पीडित बालिकाले आफूमाथि भएको जबरजस्ती करणीबारे आमा र दिदीलाई भनेपछि कुरा खुलेको हो ।