काठमाडौं – शुक्रबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३४ हजार ९८० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य ५० रुपैयाँले बढेको हो । यसदिन चाँदी प्रतितोला एक हजार ७३५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ । बिहीबार चाँदीको मूल्य एक हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।