काठमाडौँको न्युरोड क्षेत्रमा काठमाडौँ महानगरपालिकाले भत्काएको सडक किनारा सडक विभागले बनाएर कालोपत्रे गर्न थालेको छ । महानगरले फुटपाथ फराकिलो बनाउन भन्दै भत्काएको इन्द्रचोकतर्फको सडक विभागले पुरेर कालोपत्रे गरेको हो ।
महानगरले शनिबार उक्त सडक काटेका थिए । बिना अनुमति सडक काटिएको भन्दै सडक डिभिजनले रोक लगाएको थियो भने स्थानीयले पनि विरोध जनाएका थिए । विभागले कालोपत्रे गर्न सुरु गरेपछि काठमाडौँ महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ ।
अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ।