Nexkhabar

नेवाः देय् दबू नागार्जुन समितिको शुभकामना आदानप्रदान

काठमाडौं –  नेवाः देय् दबू नागार्जुन नगर समिति वडा नं. २ र ३ द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नव गठित वडा नं. २ र ३ समितिले संयुक्त रुपमा गैरीगाँउ कालिका माई संयुक्त गुथिको भवनमा विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो । वडा नं. ३ समितिका नाय सुरेन्द्र नगरकोटीको सभापतित्वमा संचालन भएको प्रमुख अतिथीमा स्वनीग विशेष समितिका सदस्य लक्ष्मी शाक्य, विशेष अतिथीमा नेवाः देय् दबू नागार्जुन नगर समितिका नाय अजित पुतुवार, अतिथीहरुमा नगर समितिका खचाञ्जी भाईकाजी बलामी, कालिका माई संयुक्त गुथिका अध्यक्ष सोमलाल नगरकोटी, सल्लाहकार शुक्र नगरकोटी, नगरकोटी भलाई कोषका अध्यक्ष आले नगरकोटी, र स्थानीय समाजसेवी भरत पौडेल, वडा नं. २ समितिका नाय सुरेन्द्र नगरकोटी लगायत संस्कृति संरक्षणमा अभिरुची राख्ने जागरुक महिला तथा पुरुष गरी करिब १३० जना सर्व साधरणको उपस्थिती रहेको थियो ।


नाय अजित पुतुवारले नेवाः सभ्यता, संस्कृति संरक्षणका लागि एकताबद्ध हुन नेवाः देय् दबू सबैको साझा डबली रहेको हुंदा नगरपालिकामा नेवाः एकतालाई मजबुत बनाउन आफूहरु निरन्तर सक्रिय रहने बताउनु भयो । नेवाः देय् दबू नागार्जुन नगर समितिद्वारा नेपाल सम्वत् कार्यान्वन, प्रदेश सरकारी कामकाज भाषा ऐन २०८० कार्यान्वयन, नगरपालिका र नगरपालिका मातहत विभिन्न शाखाहरु, वडा कार्यालय, सामुदायिक विद्यालाय, सामुदायिक अस्पतालहरुमा लेटरहेड तथा होडिङ्ग बोर्डहरुमा नेपाल भाषा/रञ्जना लिपी प्रयोग र ऐतिहासिक जिवन्त संस्कृति समेट्ने गरी समावेशी लोगो निर्माणको लागि नगरपालिकामा बारम्बार औपचारिक/अनौपचारिक छलफल एवं ज्ञापन पत्र बुझाएको बताउनु भयो ।साथै, जनप्रतिनिधी एवं कार्यवाहक नगर प्रमुखले नेवाःहरुको धर्यतालाई कमजोर नसम्झन र नेपाल सरकार एवं प्रदेश सरकारका निर्णयहरु कार्यान्वयन गरी सुशासनको अनुभूती दिलाउन आग्रह गर्नु भयो ।

आफ्नो मागहरु कार्यान्वयनमा लैजानेमा आशावादी रहेको बताउनु हुंदै मागहरु समयमा सम्बोधन नभएमा आफूहरुसंग आन्दोलन बाहेक अन्य विकल्प बन्द हुने चेतावनी समेत दिनु भएको छ । नेवाः देय् दबू नागार्जुन नगर समिति स्थानीय गुथिहरुद्वारा आयोजना हुने संस्कृति संरक्षणका कार्यहरुमा सघाउ पुर्याउन हरदम तयार रहने प्रतिबद्धता ब्यक्त गर्दै सम्पूर्ण नेपालीजनमा विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसर शुभकामना ब्यक्त गर्नु भयो ।

नेवाः देय् दबु नागार्जुन नगर समिति वि.सं. २०७७ साल चैत्र १३ गते गठन भई वि.सं. २०८२।१०।१९ गते दोस्रो नगर अधिवेशन पश्चात आफ्नो सक्रियता बढाएको छ ।

नेवाः देय् दबू नागार्जुन नगर समितिद्वारा नागार्जुन नगरपालिका वडा नं. ३ स्थित गैरीगाँउ कालिका माई संयुक्त गुथिको भवनमा मिति २०८२/०६/०६ गते (नेपाल सम्बत् ११४५ कौलाथ्व पारु) वडा समितिहरु गठन गर्ने क्रममा वडा नं. २ र वडा नं. ३ को संयुक्त रुपमा वडा समितिहरु गठन गरेको छ । उक्त कार्यक्रमबाट नेवाः देय् दबू नागार्जुन नगरपालिका वडा नं. २ समितिको अध्यक्षमा सुरेन्द्र नगरकोटी र वडा नं. ३ समितिमा सुरेन्द्र नगरकोटीको अध्यक्षतामा ७ सदस्यीय समिति सर्वसम्मत रुपमा गठन भएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top