काठमाडौं – काठमाडौं विश्वविद्यालयले हाइडोजन कारको टेष्ट डाइभ गरेसँगै नेपाल हाइडोजन युगमा प्रवेश गरेको छ ।
विश्वविद्यालयले आइतवार मात्रै हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको थियो । काठमाडौं विश्वविद्यालय प्रा.डा. विराजसिंह थापाले अब औपचारिक रुपमा कार्यक्रम गरेर यस रिफिल स्टेसनको उद्घाटन गर्ने बताउनु भएको छ ।
विश्वविद्यालयले कात्तिक १८ गते विधिवत रूपमा नै पहिलोपटक हाइड्रोजन कार भित्र्याएको थियो । ‘३३ हजार अमेरिकी डलरमा ल्याइएको यो हाइड्रोजन कारमा सरकारले भन्सार छुट दिएको छ।
हाइड्रोजन कार विद्युतीय कार जस्तै नै हो। यसमा विद्युतीय मोटर हुन्छ, त्यो मोटरलाई घुमाउनका लागि बिजुली चाहिन्छ। बिजुली ब्याट्रीको सीमित भण्डारण क्षमताले नपुग्ने हुनाले लामो दूरीमा चल्ने र भारी बोक्ने सवारीमा ब्याट्रीको सट्टामा हाइड्रोजन इन्धन भर्न सकिन्छ।
हाइड्रोजनले गाडीभित्र नै फ्युल सेल भन्ने उपकरण हुन्छ, त्यसमा हाइड्रोजन इन्धन पसेपछि हाइड्रोजन र अक्सिजनको मिश्रण भएपछि पानी निकाल्छ। पानी निस्किने क्रममा त्यसले बिजुली पैदा गर्छ। त्यो बिजुलीले मोटर कुद्ने हो।
ब्याट्रीको भण्डारण क्षमताभन्दा हाइड्रोजनको भण्डारण क्षमता ४ सय गुण बढी हुन्छ। ब्याट्रीले एउटा गाडीलाई १ किलोमिटर धकेल्छ भने त्यही गाडीलाई हाइड्रोजनले ४ सय किलोमिटर धकेल्न सक्छ।
१ किलोग्राम हाइड्रोजनले सरदर २ सय किलोमिटर चल्न सक्छ। १ किलोग्रामको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिकेजी ५ अमेरिकी डलर छ। विद्युतीयभन्दा बढी माइलेज दिने र पेट्रोलियम गाडीभन्दा सस्तो पर्ने हुन्छ। यो वातावरणमैत्री पनि छ।
नौ किलोग्राम पानीबाट १ किलोग्राम हाइड्रोजन निकाल्न सकिन्छ। १ किलोग्राम हाइड्रोजन निकाल्न करिब ५० युनिट किलोवाट आवर लगभग ५ सय रुपैयाँको बिजुली लाग्छ।
हेर्नुहोस् भिडियो