Nexkhabar

नागार्जुन नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं – नेपाल रेडक्रस सोसाइटी, सितापाइला उपशाखाले नागार्जुन नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

रेडक्रसले आज एक कार्यक्रमकाबीच एम्बुलेन्स हस्तान्तरण गरेको हो । सुर्य नेपाल कम्पनीले मार्फत प्राप्त एम्बुलेन्सलाई नेपाल रेडक्रस सोसाइटी, सितापाला उपशाखाले नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नागर्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, नगर प्रवक्ता तथा वडा न ५ वडाध्यक्ष महेश रिमाल, वडा न ३ का वडा अध्यक्ष उमेश लामासहित नगरपालिकाका प्रमुख कार्यकारि अधिकृत तथा स्वास्थ बिभाग प्रमुखको उपस्थित थियो ।

यस्तै नेपाल रेडक्रस सोसाइटी, सितापाइला उपशाखाका अध्यक्ष पुस्पदेबी स्थापित , एम्बुलेन्स ब्यवस्थापन संयोजक तथा नेपाल रेडक्रस सोसाइटी, काठमाडौ जिल्ला शाखा सदस्य बिदुर राज भट्टराई लगायतका रेडक्रस कर्मीहरु र सर्वसाधारणको उपस्थिती थियो ।

 

Loading spinner

प्रतिक्रिया

Scroll to Top