Nexkhabar

देशभर डेंगु रोगको संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं– देशभर डेंगु रोगको संक्रमण देखिएको छ। डेंगु संक्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार असोजसम्म पानी पर्ने भएकाले डेंगुको जोखिम अझै बढ्ने देखिन्छ
। त्यसपछि जाडो याम सुरु हुने भएकाले डेंगु सार्ने लामखुट्टे क्रमशः हराउँदै जाने विज्ञहरु बताउँछन् ।

महाशाखाका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेंगु रोगको संक्रमण देखिएको छ। हालसम्म डेंगु रोगको संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top