काठमाडौं- दुर्गा प्रसाईको बीएण्डसी मेडिकल कलेजले लाइसेन्स पाउँदा पाँच बैंकको ५ अर्ब ५७ करोड ऋण डुब्नबाट बचेको छ । आशयपत्र दिएर पूर्वाधार तयार गरेपछि पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले दायर गरेको रिट उपर निर्णय गर्दै सर्वोच्च अदालतले सोमबार बीएण्डसीको पक्षमा फैसला सुनाएको हो ।
अहिले उनका तीन वटा कम्पनीहरु बीएण्डसी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर हस्पिटल, होटल एट्रियम र शुभम हाउजिङको नाममा ५ अर्ब ५७ करोड ऋण छ । मेडिकल कलेजको आशयपत्रका आधारमा प्रसाईले पूर्वाधार तयार गर्न भन्दै ८ वटा बैंक तथा वित्तीय संस्थबाट ऋण लिएका थिए ।
उनले प्रभुबाट १ अर्ब २० करोड, ग्लोबल आइएमई बैंकबाट (तत्कालीन जनता बैंक) १ अर्ब, कुमारी बैंक (तत्कालीन एनसीसी) बाट १ अर्ब, नबिल बैंक (तत्कालीन नेपाल बंगलादेश बैंक) बाट ७६ करोड लिएका थिए । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकबाट ७० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (तत्कालीन मेगा बैंक) बाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड रुपैयाँ ऋण लिएका थिए ।
यो बीचमा २० लाभन्दा सानो ऋण मिनाहा गर्नुपर्ने अभियान चलाउँदै हिँडेका उनीविरुद्ध कुमारी बैंकले ऋण तिर्न ताकेता गरेको थियो।