काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार प्रहरीको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो । गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो। सोही उजुरीका आधारमा सोधपुछका लागि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो।
प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध अदालतबाट पुर्जी जारी भएको थियो।