Nexkhabar

थाहा-काठमाडौं सम्पर्क मञ्चको सचिवमा शिशिर खत्री

काठमाडौं-  नेकपा (एमाले) को थाहा-काठमाडौं सम्पर्क मञ्चको सचिवमा शिशिर खत्री चयन भएका छन् । शनिवार काठमाडौंमा बसेको सम्पर्क मञ्चको बैठकले मञ्चको सचिवमा खत्रीलाई चयन गरिएको हो । लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय खत्री पछिल्लो समय सम्पर्क मञ्चको कार्यमा सक्रिय थिए ।

यस्तै मन्चले सदस्यता विस्तार गर्दै आकाश बलामी, स्वीकृत लामिछाने, नरेश महर्जन र सरोज श्रेष्ठलाई सदस्यमा चयन गरेको छ ।

बैठकले थाहानगरबाट पार्टीको विभिन्न कमिटि र विभागमा नयाँ जिम्मेवारी प्राप्त गरेका व्यक्तित्वहरुलाई पनि शुभकामना प्रदान गरेको छ । मञ्चले राष्टिय युवा संघ नेपालको निर्वाचन आयोग सदस्य रुपेश श्रेष्ठ, बागमती प्रदेशको युवा तथा खेलकुद विभाग सदस्य बिजय बलामी, वित्त व्यवस्थापन विभागको प्रदेश कमिटि सदस्य सुजन खत्री, राष्टिय युवा संघ नेपालको केन्द्रिय सदस्य राजन लामा, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य आशिष अस्लामी मगरलगायतलाई सम्मानसहित शुभकामना प्रदान गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि सम्पर्क मञ्च सम्पर्क समन्वय समिति मकवानपुरका इन्चार्ज भद्रबहादुर गोलेले समयको माग अनुसार नयाँ पुस्तालाई सत्य तथ्य बुझाउन अग्रसर हुनुपर्ने बताए । सामाजिक सञ्जालमा सत्य तथ्य भन्दा पनि भ्रामक कुराहरु अत्याधिक प्रवाह भइरहेको बताउँदै गोलेले यथार्थ कुरा सार्वजनिक गर्न हिच्किचाउन नहुने धारण राखे ।

यस्तै मकवानपुर काठमाडौ. सम्पर्क मञ्चका अध्यक्ष चित्रबहादुर पुलामी मगरले थाहा-काठमाडौं सम्पर्क मञ्चको हरेक गतिविधि प्रशंसनीय रहेको भन्दै आवश्यक साथ सहयोग सदैव रहने बताए । अध्यक्ष पुलामीले थाहा नगरका युवापुस्तालाई डिजिटल प्लेटफर्महरुको विषयमा प्रशिक्षणलगायतका कार्यक्रमहरु संचालन गर्न सके उपयुक्त हुने बताए ।

कार्यक्रम समापन गर्दै थाहा-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष विजय विक्रम श्रेष्ठले भूगोल र सम्पर्क मञ्चहरुको साथ र सहयोगबाट अघि बढ्ने बताए ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top