काठमाडौं- नागार्जुन नगरपालिका वडा नं ६ टौखेल स्थित बलामी गुथी समाजले यो:मरी पून्हीको उपलक्ष्यमा वार्षिक रूपमा यो:मरी पुन्हीको अवसरमा भब्य गुथि भोजको आयोजना गरेको छ । गुथि समाजले सितापाईला स्थित हरसिद्धि मन्दिर, महाँकाल स्थित महाँकाल भैरव, भैरव टोल स्थित कोट्श्य भैरव मन्दिरमा परम्परागत विधीद्वारा पुजा सम्पन्न गरेको हो।

गुथि भवन नजिकै नास: द्य:, गणेश, भिमसेन मन्दिरमा समेत पुजा सम्पन्न भएको थियो। हरसिद्धि पुजा र गुथि भवनमा बांसुरी तथा धिमे बाँजाबाट बिभिन्न धुनहरू प्रस्तुत भएको थियो। गुथि समाजले हरिसिद्धि मातालाई आराध्य देवीको रुपमा पूजा गर्दै आईरहेको छन् ।

गुथि समाजले प्रत्येक वर्ष नियमित रूपमा गुथि पुजा आयोजना गर्दै आएको छ । गुथि समाजले वार्षिक रुपमा मंसिर पूर्णिमा/ यो:मरी पुन्हीको दिनमा गुथि पुजा तथा भोज सँचालन गर्नुका साथै अन्य सँस्कृति सँरक्षणमा सहभागिता जनाउदै आईरहेको छ ।

गुथि समाजले सदस्य तथा आश्रित परिवारलाई समेत समयबजी र सदस्यहरूको लागि गुथि भोजको आयोजना गरेको छ । बलामी गुथि पुजा एवं गुथि भोजमा करिब १५० जनाको उपस्थिति रहेको थियो।