काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईसीसी ट्वान्टी २० विश्वकप अन्तर्गत नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी २० विश्वकप (२०२४ को पहिलो खेल खेल्न उत्साहित भएको बताएका छन् । नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ ।
नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्नुअघि नेदरल्याण्डसँग भिड्नुअघि टेक्ससको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा सामेल भएको हो ।
ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि सहभागिता जनाएको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो ।
टी ट्वान्टी विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौँ महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँबाट प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाबिच यतिबेला प्रतिस्पर्धा भइरहेको छ ।
आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।