Nexkhabar

चौधरी ग्रुपको चाँदबाग स्कुललाई बालेनको चेतावनी

काठमाडौं- बाँसबारीस्थित चौधरी समूहले चलाइरहेको चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन काठमाडौँ महानगरपालिकाले ७ दिनको समय दिएको छ । थप एक हप्ताभित्र जग्गा फिर्ता नगरे ताला लगाउने महानगरको चेतावनी छ ।

सोमबार महानगर प्रहरी बल स्कुलको जग्गा खाली गराउन माइकिङसहित पुगेको थियो । २ दिनभित्र खाली गराउन भन्दै महानगर प्रहरी बलको टोली पुगेपनि मेयर बालेन्द्र शाह (बालेन)ले थप १ हप्ताको समय दिएपछि महानगर प्रहरीको टोली त्यहाँबाट फर्किएको हो ।

विद्यालयले जग्गा खाली गराउन समय माग गरेपछि महानगरले ७ दिनको समय थप गरेको मेयर शाहको सचिवालयले जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top