काठमाडौं – मकवानपुरको चित्लाङबाट हेटौंडातर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना भएको छ । चित्लाङबाट आइतवार बिहान ६ बजे छुटेको ना ५ छ १५९० नम्बरको बस जुरिखेत भन्ने स्थानमा दुर्घटना भएको हो । बस आज बिहान ९ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जना यात्रु घाइते भएको र उनीहरुलाई उपचारका लागि हेटौंडा लगिएको बसका चालक सुवास लामाले जानकारी दिए । बस अनियन्त्रित भएर भित्तामा ठोक्किन पुगेको चालक लामाको भनाइ छ ।

बसमा २५ जना यात्रु सवार रहेको र उनीहरुलाई अर्काे बसबाट हेटौंडा पठाइएको चालक लामाले जानकारी दिए ।