काठमाडौं- चन्द्रागिरी सडकखण्डमा सुमो दुर्घटना भएको छ । गणेशमान सिंह राजमार्ग अन्तर्गत पानीघटट् क्षेत्रमा ना .१ ज ६२६१ नम्बरको सुमो दुर्घटना भएको हो ।
सुमो सडकबाट ५० मिटर तल खसेको प्रहरी वृत थानकोटका प्रहरी नायब उपरिक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए । सुमोमा ११ जना यात्रु सवार थिए । उनीहरु सकुशल रहेका छन् ।
सुवेदीका अनुसार उकालोमा सुमो नचढेपछि चालकले सबै यात्रुलाई ओरालेका थिए । लगत्तै सुमो भीरबाट खसेर अर्काे बाटोमा पुगेको हो ।
चालक अहिले फरार छन।
तस्वीर : निरबहादुर श्रेष्ठ