Nexkhabar

चन्द्रागिरिमा रोलरले च्यापेर मजदुरको मृत्यु

काठमाडौं – चन्द्रागिरि सडक मर्मतकाक्रममा शनिवार एक जना मजदुरको मृत्यु भएको छ । सडक मर्मतका क्रममा रोलरले च्यापेर उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नुवाकोटका २९ वर्षीय सागर भण्डारी रहेका छन् । उनको शव पोस्टमार्टमका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको इलाका प्रहरी पालुङका इन्चार्ज श्याम थापा मगरले जानकारी दिए ।

अहिले चन्द्रागिरि सडकको भन्ज्याङ- चित्लाङ सडकखण्ड स्तरीकरणको काम भईरहेको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top