ग्लोबल आइएमई बैंकको अफरमा थप दुई स्थानले शाखारहित बैंकिङ सेवा थपेका छन् । बैंकले गण्डकी प्रदेशको तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–६, हुस्लाङ र बन्दीपुर गाउँपालिका–६ सराङघाटमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
यी दुई थप शाखारहित बैंकिङ सेवाको सुरुवातसँगै बैंकले अब २७७ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २७७ शाखारहित बैंकिङ सेवा, ६५ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय रहेको बैंकले ११ सयभन्दा बढी सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ ।
सबैका लागि बैंक बन्ने लक्ष्यका साथ ग्लोबल आइएमई बैंकले ४६ लाखभन्दा बढी ग्राहकहरुलाई विभिन्न कार्यक्रम र स्रोतहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।