Nexkhabar

गायिका कमला घिमिरे अभिनयमा डेब्यु गर्दै

काठमाडौँ- गायिका कमला घिमिरे फिल्म अभिनयमा देखिने भएकी छन् । उनले फिल्म ‘माइली’बाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा कलाकारको रूपमा घिमिरे अनुबन्धित भएको निर्देशक  बाबू साहेब बलामीले बताए । फिल्ममा उनको भूमिका अहिले खुलाइएको छैन ।

फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुबईमा छायाङ्कन हुनेछ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top