Nexkhabar

क्लासिक टेकको अफर ‘आधा तिरे पुग्छ’

काठमाडौं – क्लासिक टेकले ‘आधा तिरे पुग्छ’ नामको अफर ल्याएको छ । यस अन्तर्गत वार्षिक इन्टरनेट र टिभी जडान गर्दा ग्राहकले आधा रकम मात्र भुक्तानी गरेर ६ महिनासम्म सेवा चलाउन सक्नेछन् ।

६ महिनापछि सोही प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना इन्टरनेट र आईपीटिभी चलाउन सकिने कम्पनीले जनाएको छ । यस अफरमा १५० एमबीपीएस देखि २०० एमबीपीएस इन्टरनेट प्लस टिभी प्याकेजहरू उपलब्ध छन् । १५० एमबीपीएस इन्टरनेटवार्षिक रु. ९,९९९, आधा तिरेर रु. ४,१९३ तिरे पुग्ने छ । १५० एमबीपीएस इन्टरनेट + नेट टिभीवार्षिक रु. १२,९९९, आधा तिरेर रु. ५,२११ तिरे पुग्ने छ । २०० एमबीपीएस इन्टरनेट वार्षिक रु. १३,४९९, आधा रु. ५,५२१ तिरे पुग्ने छ । २०० एमबीपीएस + २ नेट टिभी वार्षिक रु. १८,४७८, आधा रु. ७,२९१  तिरे पुग्ने छ ।

अफरमा वाई-फाई सिक्स भएको डुअल ब्याण्ड राउटर, स्मार्ट सेटटप बक्स र सेकेन्डरी राउटर निःशुल्क उपलब्ध गराइएको छ । खासगरी एक वर्ष र तीन महिनाको इन्टरनेट तथा आईपी टिभी जडानमा महँगो तिरिरहेका ग्राहकका लागि यस अफर निकै आकर्षक रहेको कम्पनीको भनाइ छ ।

पुरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ ।
Loading spinner

प्रतिक्रिया

Scroll to Top