Nexkhabar

कोटश्य भैरव मन्दिरमा क्षमा पूजा

काठमाडौं – नागार्जुन नगरपालिका ६ टौखेलका स्थानीयले कोटश्य भैरव मन्दिरमा वार्षिक क्षमा पूजा गरेका छन् ।

टौखेल हाईट बलामी गुथी समाजद्वारा आयोजित धिमे बाँजा तथा बाँसुरी बाँजा प्रशिक्षण कार्यक्रमबाट प्रशिक्षित धिमे: तथा बाँसुरी बाँजा टोलीले कोटश्य भैरव मन्दिरमा भएको क्षमा पूजामा सहभागिता जनाएका छन्। बाजा टोलीले गुथि समाजको भवन नजिकै नास द्य: लाई विशेष धुन अर्पण गरी गुथि थकाली कृष्ण बहादुर बलामीको घरसम्म बाजाँ बजाउदै टोल परिक्रमा गरेको थियो।

आज बिहान थकालीको घरबाट विशेष पूजा सामाग्रीसहित उक्त टोली बाजासहित कोटश्य भैरव मन्दिरमा पुगि त्यहाँ मंगल धुन लगायत विशेष धुन प्रस्तुत गरेको थियो। बाँजा टोलीले विशेष धुन सहित मन्दिर परिक्रमा गरेको थियो। बाँजा टोलीले प्रशिक्षण समापन पश्चात पहिलो पटक सार्वजनिक रुपमा मंगल धुन लगायत विभिन्न धुनहरू प्रस्तुत गरी क्षमा पूजालाई उल्लासमय बनाएको थियो। बाजा टोलीले मन्दिरमा करिब १ घण्टा विशेष धुन प्रस्तुत गरे पश्चात करिब पुन: गुथि भवनमा फिर्ता भएको थियो।

पछिल्लो समय टौखेल हाईट बलामी गुथि समाज संस्कृति संरक्षण अभियानमा सकृयता बढाउदै लगेको छ । कार्यक्रममा युवा पुस्ताको उत्साहजनक सहभागिता सहित एक सय भन्दा बढी युवाहरूको सहभागिता थियो।

Loading spinner

प्रतिक्रिया

Scroll to Top