काठमाडौं- कुमारी बैंक र काठमाडौंको नयाँबानेश्वरस्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालि बीच विशेष छूट प्रदान गर्ने समझदारी भएको छ।
यस सम्झौता अनुसार कम्पनीका ग्राहकहरुले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ बानेश्वर र भक्तपुरको कौशलटारस्थित सेवाकेन्द्रबाट सेवा लिए बापत डेबिट र क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन्।
यसप्रकारको सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने विश्वास लिएको कम्पनीले बताएको छ ।
कम्पनीले ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ इकाईमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।