Nexkhabar

एसईईको रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप गरिएको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरले यसअघि वैशाख १२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनामार्फत जेठ ११ गतेलाई अन्तिम म्याद तोकेको थियो।

तर विद्यालय, विद्यार्थी तथा अभिभावकहरूबाट आएको मागको सम्बोधनस्वरूप उक्त म्यादलाई  जेठ ३० गतेसम्म कायम हुने गरी थप गरिएको छ। यस अन्तर्गत विद्यालयहरूले विद्यार्थीको फाराम संकलन गरी तोकिएको शुल्क बुझाएर प्राप्त भौचरसहित असार ८ गते आइतबारसम्म सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पेश गर्नु पर्नेछ।
यसका अतिरिक्त, रजिस्ट्रेसन फारामसम्बन्धी अन्य कार्यतालिका भने अघिल्लो सूचनाअनुसार नै यथावत् रहने सोमबार बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
Loading spinner

प्रतिक्रिया

Scroll to Top