Nexkhabar

एक्कासी काटिएको इन्टरनेट कसरी जोडियो एकाएक ?

काठमाडौं- बिहिवार एक्कासी काटिएको इन्टरनेट सेवा मध्यरातमा एकाएक सुचारु भएको छ । अपस्ट्रिम सेवा प्रदायक भारतीय कम्पनी भारतीय एयरटेलले ब्याण्डविथ काटिदिएपछि नेपालभर अवरुद्ध भएको इन्टरनेट रातिदेखि शुचारु भएको हो।

सरकारले विदेशी मुद्राको सिफारिस नगर्दा अपस्ट्रिम सेवा प्रदायकहरुलाई बिगत ९ महिनादेखि ब्याण्डविथ आयातको भुक्तानी नेपालका इन्टरनेट सेवा प्रदायकहरुले गर्न सकेका छैनन् । सोही कारण एयरटेलले बिहिबार अपरान्ह ब्याण्डविथ रोकिदिएको थियो। जसले गर्दा वर्ल्डलिंक, भायनेट सुबिसुलगायतका सेवा प्रदायकहरुको सेवा अवरुद्ध भएको थियो।

वर्ल्डलिंक, सुबिसु, भायानेट सहितका सेवा प्रदायकहरुले इन्टरनेट सेवा पुनर्स्थापित भएको सूचना जारी गरेका छन् । भारतीय ब्याण्डविथ बिक्रेतालाई तिर्न बाँकी बक्यौता यथाशक्य चाँडो भुक्तान गर्ने नेपालका आईएसपीहरुको सामूहिक प्रतिबद्धतापछि मध्यरातिबाट इन्टरनेट सेवा सुचारु भएको हो ।

विहीबार बेलुका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरी नियमानुसार शुल्क तथा रोयल्टी बुझाउन र इन्टरनेट जस्तो अत्यावश्यक सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई अनुरोध गरेको थियो । मन्त्रालयले कानुनी व्यवस्था सम्झाउँदै उक्त अनुरोध गरेको केही घण्टापछि नै इन्टरनेट चल्न थालेको थियो ।

नेपालमा प्रमुख ब्याण्डविथ प्रदायकले एयरटेल, टाटा, रिलायन्स लगायत कम्पनीबाट ब्याण्डविथ आयात गर्दछन् र नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउँछन् । नेपालमा इन्टरनेट सेवा प्रदायक कतिपय कम्पनीहरुले सरकारलाई सेवा शुल्क र रोयल्टी वापतको रकम बुझाएका छैनन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजु बक्यौता नतिरेको भन्दै तिर्न ताकेता गरिरहेको छ । तर, इन्टरनेट सेवा प्रदायकहरूले मर्मत सम्भार दूरसञ्चार सेवा अन्तर्गत नपर्ने अडान राख्दै आएका छन् ।

यो पनि

इन्टरनेट प्रदायकको टाउकोमा ५ वर्षदेखिको खड्को, आरटीडीएफ र रोयल्टीको अड्को

Loading spinner

प्रतिक्रिया

Scroll to Top