Nexkhabar

एकैदिन २३ सय रूपैयाँ बढ्यो सुनको भाउ

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा दुई हजार तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ। शुक्रबार तोलामा पाँच हजार रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top