Nexkhabar

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा

काठमाडौं- साउन २० गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा  हुने भएको छ । साउन २० गते आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले  काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको हो ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहिबार जावलाखेल पुर्‍याइएको हो ।

शुभ साइतअनुसार लगनखेलको ठटी टोलबाट जावलाखेल तानिने भएकाले विहिबार रथलाई जावलाखोल पुर्‍याइएको रातो मच्छिन्द्रनाथका पूजारी शाहु शाक्यले जानकारी दिए । उनका अनुसार रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याएको चार दिनमा भोटो देखाइन्छ ।

जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पुर्‍याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले साउन २० गते आइतबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ । जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन् ।

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top