Nexkhabar

अल जजिराको कार्यालयभित्रै इसराइली सेना प्रवेश

काठमाडौं-  अल जजिराको कार्यालयभित्रै इसराइली सेना प्रवेश गरेको छ।

आइतबार वेस्ट ब्यांकको रमल्लाहमा रहेको अल जजिराको कार्यालयमा एक हुल इसराइली सेना प्रवेश गरेका हुन्।
अल जजिराले आफ्नो कार्यालयमा इसराइली सेना प्रवेश गरेको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो।

सेनाले कार्यालयमा प्रवेश गरी ४५ दिन प्रकाशन प्रसारण बन्द गर्न चेतावनी दिएको अलजजिराले जनाएको छ।

भिडिओमा इसराइली सेनाहरू हतियारसहित प्रवेश गरेको देखिन्छ। सेना प्रवेश गरेपछि ब्युरो प्रमुख वालिद ओमरी र केही कर्मचारीहरू बाहिर देखिन्छन्।

सेनाले उनलाई तत्काल कर्मचारीहरूलाई बाहिर निकाल्न र ४५ दिनसम्म प्रसारण बन्द गर्न चेतावनी दिएको अल जजिरासहित अन्तर्राष्ट्रिय अखबारहरूले लेखेका छन्। अक्टोबर ७ देखिको इसराइल(हमास द्वन्द्वले गजामा आम नागरिकमाथि खेप्नुपरेको सास्ती र युद्धले जन्माएको अस्तव्यस्त अवस्थालाई अल जजिराले प्राथिमकताका साथ प्रकाशन र प्रसारण गर्दै आएको थियो।

इसराइलले भने अलजजिराले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको छ। यसअघि मे महिनामा जेरूसेलममा रहेको अल जजिराको कार्यालय पनि इसराइलले बन्द गरिदिएको थियो।

Loading spinner

प्रतिक्रिया

Scroll to Top