Nexkhabar

होन्डाको आकर्षक बाइक एनएक्स २०० बजारमा

काठमाडौं- होन्डाले नयाँ मोटरसाइकल एनएक्स २०० नेपाली बजारमा भित्र्याएको छ । एनएक्स२०० बाइकलाई सिटी राइडिङ र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यसको ‘अपराइट पोजिसन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ ले आरामदायी यात्रा सुनिश्चित गर्दछ । एनएक्स २०० मा उपलब्ध ‘वाइन्ड भाइजर’ र ‘एलईडी विङ्कर’ सहितको ‘नकल कभर’ ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको छ ।

‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्नेगरि चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि एनएक्स २०० को अरु थप उल्लेखनीय विशेषता भएको कम्पनीले बताएको छ ।

एनएक्स २०० मा रहेको ‘फ्रन्ट एबीएस सिस्टम’ र ‘डुअल पेटल डिस्क ब्रेक’ ले यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता प्रदान गर्छ, जुन स्वतन्त्र र निस्फिक्री यात्राका लागि अत्यावश्यक हुन्छ ।

‘पीजीएम एफआई सिस्टम’ ले इन्धनको बचत गर्दै एकोहोरो जिन्दगीबाट पर कतै उमङ्ग खोज्न निस्कने भरपुर शक्ति पनि प्रदान गर्ने कम्पनीले विश्वास गरेको छ । यसको शक्तिशाली ट्वर्क क्षमताले राइडरलाई सहरी सयर सहज र लामो अप्ठ्यारो यात्रा पनि रोमाञ्चाक लाग्ने छ ।

कम्पनीका अनुसार एनएक्स २०० विभिन्न चार रङ्‍गमा उपलब्ध छन् । १० वर्षसम्मको वारेन्टी प्याकेज रहेको एनएक्स २०० को सुरुवाती बिक्री मूल्य ४ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top