Nexkhabar

होटल व्यवसायीलाई चिरायु हस्पिटलमा विशेष छुट

काठमाडौं- चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युटले होटल व्यवसायी संघ काठमाडौमा आवद्ध व्यवसायीहरुलाई विशेष सहुलियत प्रदान गर्ने भएको छ । हस्पिटल र जिल्ला होटल व्यवसायी संघ काठमाडौंबीच बुधवार यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा हस्पिटलको तर्फबाट कार्यकारी निर्देशक हिमाल बहादुर राना र होटल व्यवसायी संघ, काठमाडौंका तर्फबाट शैलेश कार्कीले छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

जिल्ला होटल व्यवसायी संघ काठमाडौँ र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बसुन्धराबीच स्वास्थ्य सेवामा बिशेष छुट दिने सम्झौता भएको छ । काठमाडौँ जिल्ला भित्र सञ्चालनमा रहेका र विभिन्न आठ वटा ईकाईमा आवद्ध रहेका होटलका सञ्चालक, सञ्चालकका परिवार, होटलका कर्मचारी र होटलमा आउने पाहुनाहरूलाई समेत छुट सहितको सेवा दिने गरि सम्झौँता भएको हो ।

कुनै पनि व्यवसायी अस्वस्थ भएमा बिशेष डाक्टरको टोली सहितको एम्बुलेसमा हस्पिटलसम्म पुयाएर उपचार गरिदिने भएको छ । व्यवसायीहरुले कुनै पनि कार्यक्रम तथा गतिविधिहरु गर्दा हस्पिटलले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाइएको छ । यसका साथै, औषधिहरु पनि नि:शुल्क प्रदान गरिने भएको छ । यस सम्झौता यहि चैत महिनाबाटै लागु हुने भएको छ ।

करिब ३२ सय होटलका सञ्चालक, सञ्चालकका परिवार, होटलका कर्मचारी र होटलमा आउने पाहुनाहरूलाई समेत, र उनीहरुको परिवार र स्टाफ गर्दा लाखौँले सुविधा पाउने सम्झौतामा उल्लेख छ ।

काठमाडौंको बसन्धारामा रहेको चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि.मा युरोलोजिष्ट र नेफ्रोलोजिष्ट विभागमा प्रा. डा. उत्तम कुमार शर्मा, अर्थापेडिक विभागमा प्रा. डा दिपक प्रकाश महरा, प्रा डा. अर्जुनप्रसाद लामिछाने र सुनिलजंग थापा, मनोसामाजिक डा. पवन शर्मा र ग्यास्ट्रो अनुराग झा लगायतका अनुभवी दक्ष चिकित्सकबाट विभिन्न किसिमका सेवा उपलब्ध गराउदैँ आएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top