काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको हो । यससँगै नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार १०० रुपैयाँ कायम छ । यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
महासंघले आज चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ।