Nexkhabar

हतियार देखाएर मनि ट्रान्सफर लुटपाट

काठमाडौं – सिराहा हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ।

विष्णुपुर गाउँपालिकामा रहेको मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको हो । लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स‍ ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोबल आईएमई बैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खाली चेक र मोबाइल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यादवले दिएका बयान अनुसार लुटेरामध्ये मोटरसाईकल चलाउनेले क्रिम कलरको र पछाडि बस्नेले रातो रङ्गको कपडा लगाएको प्रहरीले जनाएको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top