Nexkhabar

स्वास्थ्य बीमामा आबद्ध अस्पतालमा अब अनिवार्य विशेषज्ञ सेवा

काठमाडौं- स्वास्थ्य बीमामा आबद्ध भएका अस्पतालहरुले हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य विशेषज्ञ ओपिडी सेवा संचालन गर्नुपर्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले यस्तो निर्णय गर्दै कार्यान्वयनका लागि पत्र पठाएको हो।

बोर्डका अनुसार १०० शैयासम्मको अस्पतालले हप्तामा १ दिन, २०० शैया सम्मको अस्पतालले हप्तामा २ दिन र ३०० शैया वा सो भन्दा माथिका अस्पतालले हप्तामा ३ दिन नजिकको आधारभुत वा प्रादेशिक अस्पतालहरुमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्नेछ।

यसैगरी सरकारी स्वास्थ्य संस्था आधारभुत अस्पताल, प्रादेशिक अस्पतालहरुले आफूलाई अत्यावश्यक परेको वा देखिएको विशेषज्ञको सहयोग लिनको लागि नजिकको त्यस्ता विशिष्टिकृत स्वास्थ्य संस्थासंग समन्वय गर्नुपर्ने बताइएको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top