काठमाडौं- सूर्योदय वोमी लघुवित्तको (एफपीओ) आज बाँडफाँट गरिएको छ।
बिक्री प्रबन्धक कुमारी क्यापिटलले बाँडफाँट गर्दै ४ हजार ६ सय ७२ जनालाई एफपीओ १० कित्ताका दरले वितरण गरिएको जनाएको हो।
लघुवित्तले साउन ४ देखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ४६ हजार ७ सय २९ कित्ता सेयर निष्काशन गरेको थियो। यसमध्ये ४ हजार ६ सय ७२ जनाले १० कित्ताका दरले सेयर पाएका हुन्।
सेयरमा १५ लाख ६४ हजार ४ सय २३ कित्ताका लागि आवेदन परेको थियो।