Nexkhabar

सुर्खेतको वीरेन्द्रनगरमा होटेलको छतबाट खसेर एक जनाको मृत्यु

सुर्खेत-  सुर्खेतको वीरेन्द्रनगर स्थित होटलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको नौमुले गाउँपालिका–८ बस्ने ५१ वर्षीय दीपबहादुर चन्द रहेका छन् ।

वीरेन्द्रनगर–६ स्थित गोदाम लाइनमा रहेको नौलो होटेलको पहिलो तलाबाट खसेर उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार आज बिहान ८ः३० बजे प्रहरीलाई खबर गरिएको हो ।

हाल उनको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top