काठमाडौं – आज छापावाल ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १७ हजार १ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
नेपालमा सुन र चाँदीको भाउ विगतका वर्षहरूमा भन्दा उल्लेख्य बृद्धि भएको छ । यी मूल्य वृद्धिहरू मुख्य रूपमा मुद्रास्फीति र मुद्रा उतार(चढ़ाव जस्ता विश्वव्यापी आर्थिक कारकहरूका कारण हुन सक्छन्।