काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको भाउ सामान्य रुपमा घटेको छ ।
अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।