काठमाडौँ – बिहीबार नेपाली बजारमा सुनको भाउ नयाँ उचाइमा पुगेको छ । बुधबार प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य बिहीबार १ हजार ५ सय रुपैयाँले बढेर १ लाख २५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार एक लाख २३ हजार रुपैयाँको कीर्तिमान बनाएपछि बुधबार र बिहीबार भाउ बढेर उच्च विन्दुमा पुगेको हो ।
यसैबीच बिहीबार चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।