काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नाल रहेका प्रहरीले जनाएको छ ।
सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको हो ।
दर्नाल आफैँले चलाएको बागमती प्रदेश ०२७ च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो । राती खसेका उनको आज बिहान उद्धार गरिएको हो ।
उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।