Nexkhabar

सिरियामाथि निरन्तर हवाई आक्रमण

काठमाडौं – इस्लामिक विद्रोहीले कब्जा जमाएर राष्ट्रपति बशर अल असदको सत्ता अपदस्त गरेसँगै इजरायलले सिरियामाथि हवाई आक्रमण सुरु गरेको छ । इजरायली युद्धक विमानहरुले सिरियामा १०० बढी ताजा हमला गरेको सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सले जनाएको छ ।

बेलायतस्थित यस मानवअधिकार संगठनका अनुसार इजरायलले दमास्कस, दारा, लताकिया र हमा शहरका सैन्य स्थललाई निशाना बनाएको छ । इजरायलले रासायनिक हतियार उत्पादनसँग जोडिएको एक अनुसन्धान केन्द्रमाथि समेत आक्रण गरेको आशंका गरिएको छ । 

इजरायलले भने चरमपन्थीहरुको हातमा हतियार जानबाट रोक्नका लागि काम गरिरहेको प्रतिक्रिया दिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मुलुकको सुरक्षाका लागि यो कारबाही जरुरी रहेको बताएका छन् ।

रुसको शरणमा पुगेका अपदस्त सिरियाली राष्ट्रपति बशर अल असदलाई आफ्नै नागरिकहरुमाथि चरम हिंसा गरेको र बैदी बन्दीलाई नारकीय जीवन जिउन बाध्य पारेकोलगायन संघीन आरोप लागेका छन्।
Loading spinner

प्रतिक्रिया

Scroll to Top