Nexkhabar

सामसुङको ग्यालेक्सी ए ५५ र ग्यालेक्सी ए३५ सार्वजनिक

काठमाडौं- सामसुङको नयाँ ग्यालेक्सी ए ५५ र ग्यालेक्सी ए३५ फोन सार्वजनिक भएको छ ।

आफ्नो पूर्ववर्ती ग्यालेक्सी ए५४ का साथै अन्य ए सिरिजका फोनहरूको तुलनामा ग्यालेक्सी ए५५ ले प्रिमियम निर्माणलाई जारी राखेको छ। यस ए५५ को पछाडि ग्लास ब्याक र मेटल फ्रेम रहेको छ। साथै ए५५ प्रिमियम निर्माण, थप शक्तिशाली चिप र राम्रो क्यामराहरूको साथ आएको बताईएको छ।

अन्य नयाँ मोडलहरू जस्तै, ग्यालेक्सी ए५५ नयाँ ‘की आइल्याण्ड’ डिजाइनको साथ आएको छ। तसर्थ, पावर र भोल्युम कीहरू फ्रेमबाट केही बढाइएको उल्लेख छ।

स्मार्टफोनमा ६।६ इन्च सेन्टर्ड पंच–होल सुपर एएमओएलईडी डिस्प्ले रहेको छ भने त्यसलाई कोर्निङ गोरिल्ला ग्लास भिक्टसद्वारा सुरक्षित गरिएको छ। यो डिभाइस नयाँ एक्सिनोस १४८० एसओसी द्वारा संचालित हुने र एएमडी आरडीएनए२–आधारित एक्सक्लिप्स ५३० जीपीयू रहेको छ। यो चिपसेटलाई १२ जीबी र्याम र २५६ जीबी स्टोरेजसँग पेयर्ड गरिएको छ।

ह्यान्डसेटमा रहेको ट्रिपल क्यामरा सिस्टममा ओआईएस–असिस्टेड ५० मेगापिक्सेलको प्राथमिक सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रावाइड युनिट र ५ मेगापिक्सेलको म्याक्रो स्न्यापर समावेश गरिएको उल्लेख छ। यो डिभाइस अगाडि भने ३२ मेगापिक्सेलको क्यामरा रहेको छ।

फोनले एन्ड्रोइड १४ मा आधारित वान यूआई ६।१ बुट गर्दछ भने यसले ४ पुस्ताको ओएस अपडेट र ५ वर्षको सुरक्षा अपडेटहरू प्राप्त गर्ने ग्यारेन्टी गरिएको उल्लेख छ।

धुलो र पानी प्रतिरोधका लागि स्मार्टफोन आईपी६७–रेट गरिएको छ। साथै यो स्मार्टफोन इन–स्क्रिन फिङ्गरप्रिन्ट सेन्सर र डुअल स्टेरियो स्पिकरहरूका साथ आउने जनाइएको छ। त्यसैगरी डिभाइसमा ५,००० एमएएच ब्याट्री समावेश गरिएको र उक्त ब्याट्रीले २५वाट वायर्ड चार्जिङ समर्थन गर्ने उल्लेख गरिएको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top