Nexkhabar

सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता हुने

काठमाडौं- सर्वोच्च अदालतमा अब जुनसुकै मुद्दाको रिट अनलाइनबाट दर्ता गर्न सकिने भएको छ।

एक कार्यक्रमका बिच सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले यो सेवाको शुभारम्भ गरेका हुन्। आजैदेखि सार्वजनिक सरोकार, व्यक्तिगत र संवैधानिक इजलासका सबै रिट अनलाइनबाट दर्ता गर्न सकिने प्रधानन्यायाधीश श्रेष्ठले बताए ।

‘सूचना प्रविधिले हामीलाई पारदर्शी बनाउँछ । सुलभ रूपमा न्यायमा पहुँचमा पुर्‍याउन यो कार्यक्रम गरिएको हो’, उनले भने, ‘अनलाइनमा अब सबै रिटहरू दर्ता हुने छ। यसलाई सफल पार्नुपर्छ।’

Loading spinner

प्रतिक्रिया

Scroll to Top