Nexkhabar

शेयरबजारमा फेरि अर्काे रेकर्ड

काठमाडौं । आज २०८१ साउन २८ गते सोमबार नेपाल शेयरबजारको इतिहासमै पहिलो पटक २७ अर्ब बढीको शेयर कारोबार भएको छ। आज शेयर बजारमा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७ सय ६५ रुपैयाँ ८८ पैसाको कारोबार भएको हो ।

यस अघि हिजो २०८१ साउन २७ गते २५ अर्ब ७७ करोडको कारोबार भएको थियो । आज सो रेकर्ड तोडिएको हो। यो अंक ३० महिनायताकै अर्थात २०७८ माघयताकै उच्च हो । आज शेयर बजार परिसूचक नेप्से भने ७०.८१ अंकले बढेर २९३१.६५ को बिन्दुमा पुगेको छ ।

कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रह्यो ।

अधिकांश क्षेत्रका सूचक बढेका छन् । बैंकिङ २.९५, विकास बैंक ३.००, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १.०० तथा ब्यापार समूह ४.१३ प्रतिशत बढेका छन् । लगानी ०.१९ र उत्पादन समूह सूचक १. १९ प्रतिशत घटे ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top