Nexkhabar

शिशु चोरी प्रकरण : महिलाविरुद्ध मुद्दा दर्ता

काठमाडौं – थापाथलीस्थित प्रसूति तथा स्त्री रोग अस्पतालबाट शिशु चोरी गरेको आरोपमा पक्राउ परेकी एक महिलाविरुद्ध प्रहरीले अपहरण र शरीर बन्धकको मुद्दा चलाएको छ ।

दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काँडाघारी बस्ने मनकुमारी सिंहबिरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने निर्णय गरिएको काठमाडौँ प्रहरीले जनाएको छ । उनीमाथि विना श्रेष्ठकी २६ दिने शिशुलाई अस्पताल परिसरबाटै अपहरण गरेको आरोप छ ।

दोषी प्रमाणित भएमा मनकुमारी सिंहलाई ७ वर्षदेखि १० वर्षसम्मको जेल सजाय र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ।

सिंहका पति र दिदी हिरासतमुक्त भएका छन् । शिशु चोरिएको घटनामा उनीहरुको संलग्नता नदेखिएकाले दुई जनालाई छाडिएको प्रहरीले जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top