काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत ९ गते १९औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा बिहान ११ बजे बैठक बोलाउने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदनसहितको आर्थिक विवरण पारित गर्ने र चालु आर्थिक वर्षको लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणलाई पनि अन्तिम रूप दिनेछ ।
सञ्चालक नियुक्ति गर्ने सञ्चालक समितिको निर्णयलाई स्वीकृत गरेपछि संस्थापक शेयरधनीबाट तीन जना र सर्वसाधारण शेयरधनीबाट एक जना सञ्चालकको पनि बैठक बोलाइएको छ । सभाले कम्पनीले गरेको चन्दा र सामाजिक उत्तरदायित्वअन्तर्गतको खर्चलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
यस वर्षको लाभांश प्रस्ताव समावेश गरिएको छैन। विगतका वर्षहरूमा लगातार लाभांश वितरण गर्दै आएको यो कम्पनीले यस वर्ष लगानीकर्ताको हात खाली गरेको छ ।
गत वर्ष कम्पनीले कर प्रयोजनका लागि १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गतेदेखि बैठक नबनेसम्म बुक क्लोज गर्ने तयारी गरेको छ । बुक क्लोजका आधारमा फागुन २४ गते बिहीबारसम्म दर्ता भएका शेयरधनीहरूले मात्र सभामा भाग लिन पाउनेछन् ।