काठमाडौं- रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रद्द गरेको छ ।
बुक विल्डिङ विधिमार्फत सार्वजनिक निष्कासनका लागि अनुमति दिएसँगै सर्बत्र प्रश्न उठेपछि धितोपत्र बोर्डले बुधबारको निर्णय अनुसार आईपीओ रद्द गरेको हो । कम्पनीले बिहीबारबाट नै पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो ।
तर यसबारे मंगलबार सार्वजनिक लेखा समितिले एउटा पत्रमार्फत पाँच वटा प्रश्नको जवाफ दिन धितोपत्र बोर्डलाई सात दिन भित्र भनेको थियो । जसका कारण धितोत्रप बोर्डले आईपीओ नै रद्द गर्ने निर्णय गरेको हो ।
कम्पनीले बुक विल्डिङ विधिमार्फत संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गरिसकेको छ । सर्वसाधारणका लागि उक्त कम्पनीको आईपीओ जारी हुने चरणमा थियो ।
लेखा समितिले मूल्य तय गर्नुको आधार, बुक विल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार यसको प्रक्रिया,वित्तीय विवरणको अवस्था, कम्पनीमा बुक विल्डिङका लागि विड गर्न योग्य संस्थागत लगानीकर्ताको कम्पनीका सञ्चालकहरुसँग स्वार्थ बाझिए/नबाझिएको विषयमा प्रश्न उठाउँदै जवाफ माग गर्दा धितोपत्र बोर्ड भने आफ्नै निर्णयबाट पछि हटेको छ ।