Nexkhabar

राष्ट्र बैंकद्वारा १३ अर्ब ४ करोडको ट्रेजरी बोलकबोल गर्दै

काठमाडौं-  नेपाल राष्ट्र बैंकले आज फागुन २१ गते १३ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको दुई किसिमको १३ अर्ब ४५ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल यही फागुन २२ गते मंगलबार जारी गर्ने भएको छ ।

तर, केन्द्रीय बैंकले ट्रेजरी नयाँ नभएको र त्यसको सट्टा पुनःपूर्ति गरिने स्पष्ट गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म अनलाइनबाटै आवेदन दिन सक्नेछन् । ९१ दिने ट्रेजरीका लागि ६ अर्ब ४५ करोड रुपैयाँ र १८२ दिने ट्रेजरीका लागि ७ अर्ब रुपैयाँ व्यवस्था गरिएको बैंकले दिएको जानकारीमा उल्लेख छ ।

उक्त ट्रेजरीको बोलकबोल आज दिउँसो ३ बजे हुनेछ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top