कतिपयलाई यौनमा देखिने दुःख र उदासिपन कसरी हटाउने भन्ने जानकारी नहुन सक्छ। धेरैको बुझाइ यो हुन्छ कि यौनसम्पर्कको क्रममा अत्यधिक दुखाइ हुन्छ र त्यसबाट छुटकारा पाउन पनि सकिँदैन भन्ने चलन छ।
यदि तपाईं शारीरिक सम्बन्धको समयमा दुखाइ सामना गर्नुहुन्छ भने यो एक गम्भीर समस्या हो। रोयल कलेज अफ आब्स्टिट्रेसन एन्ड गायनोकोलोजिस्टका प्रवक्ता स्वाति झा भन्छिन्, ‘योनीमा पीडा आफ्नै शारीरिक कारणले पनि हुन सक्छ। कहिलेकाहीँ लेटेक्स कण्डम या साबुनका कारण पनि जलन हुन सक्छ।’ यस्तो भएमा तुरुन्त उपचार गराउन जानुपर्ने उनको तर्क छ।

यद्यपि ग्लासगो विश्वविद्यालयका वरिष्ठ रिसर्च फेलो डा क्रिस्टिन मिशेल भने यौन दुखाइमा पूर्ण रूपमा मनोवैज्ञानिक र सामाजिक कारणहरू रहेको बताउँछन्। क्रुस्टिनले २०१७ मा गरेको एउटा अध्ययनले १६ देखि २४ वर्ष उमेरसम्म्का महिलामध्ये १० प्रतिशतमा यौनसम्पर्कको क्रममा दुखाइको सामना गर्नुपरेको पाइएको थियो।
जानकारहरु महिलाले आफूले चाहेको जस्तो यौनसम्पर्क गर्न नपाउँदा, मन नलागी नलागी यौनसम्पर्क गर्नुपर्दा र पर्याप्त मात्रामा यौनसम्पर्कबाट आनन्द लिन नसकेको अवस्थामा यो पीडा दायक हुने गर्छ। कतिपय महिलाले आफू महिला भएकोले पनि यौन सम्पर्कमा पीडा भएको हो भन्ने तर्कका कारण पनि धेरै महिलाले यौन सम्पर्कमा आनन्द लिन सकेका छैनन्।
अमेरिका गरिएको एउटा अध्ययन गरिएको एउटा अध्ययनमा अनुसन्धानकर्ता सारा म्याकल्याण्डले महिला र पुरुषलाई यौन सम्बन्धमा कम सन्तुष्टि प्राप्त गर्नुको अर्थ के हो भनेर सोधेका थिए। यस प्रश्नको उत्तरमा पुरुषहरूले पार्टनरको उदासीनता र महिलाहरूले पीडाका कारण कम सन्तुष्टि प्राप्त गरेको सुनाएका थिए।
जब महिलाले पीडा महसुस गर्छन्, त्यतिबेला उनीहरु चुपचाप सहन्छन्। त्यतिबेला आफ्नै कमजोरीका कारण दुखाइ सहनुपरेको सम्झिएर उनीहरु केही पनि बोल्दैनन्। उनीहरू आफ्ना साथीहरुले केही भन्छन् कि भनेर डराउने गर्छन्, जसका कारण महिलाहरुले यौन सम्पर्कको समयमा धेरै दुखाइ भोग्नु परेको हो।