Nexkhabar

यूएईको जेलमा रहेका १६६ नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (यूएई)ले त्यहाँका विभिन्न जेलमा रहेका १६६ जना नेपालीलाई आममाफी दिएको छ । आबुधावीस्थित नेपाली दूतावासले नेपाल सरकारको आग्रहमा १६६ जना नेपाली कैदीहरूलाई यूएई सरकारले आममाफी दिएको जानकारी गराएको हो ।

आममाफी मुस्लिम धर्मावलम्बीको पवित्र पर्व रमजान महिना तथा ईद पर्वको अवसरमा दिइएको दूतावासले उल्लेख गरेको छ ।यसैगरी परराष्ट्र मन्त्रालयले मानवीय आधारमा प्रदान गरिएको माफीलाई नेपाल–यूएई द्विपक्षीय सम्बन्धको सौहार्दताको प्रतीकका रूपमा लिएको उल्लेख गरेको छ ।

अबुधाबीस्थित नेपाली दूतावासमार्फत सरकारले आममाफीका लागि यूएई सरकारलाई आग्रह गरेको थियो ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top