मोरङ- मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगति टोलमा लहरी गाडी पल्टिएर एकै परिवारको दुई जना र अर्का एक जनाको मृत्यु भएको छ ।
आज बिहीबार बिहान ७ बजे कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी पल्टिएर दुर्घटना भएको थियो ।
बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योति अधिकारीको चार वर्षीय छोरा र छोरी जुम्ल्याहा इसिता अधिकारी , निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको स्थानीयले बताएका छन् । उनीहरू सुतेको बेला लहरी गाडी पल्टिएर ठुलो टुङ्गाले किचेर मृत्यु भएको प्रत्यक्षदर्शी बताएका छन् ।

ज्योति अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले घटनास्थलबाट ढुङ्गा पन्छाएर शव निकाल्ने प्रयास गरिरहेको बताए ।