Nexkhabar

माछापुच्छ्रे बैंकको संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न सक्ने

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले ५९ हजार ६५६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यस अघि गत माघ ७ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बैंकले यी शेयर विक्री खुला गरेको थियो ।

सो अवधिमा विक्री हुन नसकेको यी शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ७ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन बैंकको शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारा स्थित कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top