Nexkhabar

मध्यराति ललितपुरमा ग्याङ फाइट, २ जनाको हत्या

काठमाडौ – ललितपुरको ढोलाहिटीमा गएराति ग्याङ फाइट हुँदा दुईजनाको हत्या भएको छ।

गएराती ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुईजनाको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। मृतक  पूजन राई र रोबस राई छन्।

उनीहरूमाथि शरीरमा छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले शङ्कास्पद १८ जनालाई नियन्त्रणमा लिएको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top